अवैध तरिकाले माछा मार्दा जनप्रतिनिधि सहित ५ जना पक्राउ

असोज ०५, २०८१     स्मार्ट संवाददाता


अवैध  तरिकाले  करेन्ट लगाइ माछा मार्ने वडा सदस्य सहित पाचँ जनालाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वालिङ नगरपालिका वडा नं १३ का  वडा सदस्य दीपक जिटी सहित २५ बर्षिय मनोज सहानी, ४२ बर्षिय प्रमोद सहानी, संजय सहानी, बालकृष्ण सहानी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी सहायक उपरीक्षक इन्द्र बहादुर रानाले जानाकारी दिनुभयो ।



वडा सदस्य जिटी सहित पाँचै जनालाई वालिङ १ रामवाच्छावाट पक्राउ गरिएको हो । करेन्ट मेसिनको प्रयोग गरेर माछा मारिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङवाट गएको टोलीले माछा मार्न प्रयोग भएको मेसिन, माछा र गाडी सहित फेला पारेको रानाले बताउनुभयो ।



पक्राउ परेका जिटीलाई पटक पटक पक्राउ गर्दै छाडिएको समेत वुझिएको छ भने अन्य चार जना रौतहट जिल्लाका वालिङमा पेन्टर काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचै जनालाई जलचर ऐन, २०१७ अनुसार आवश्यक कारबाही हुने रानाले बताउनुभयो ।