लागुऔषध सहित एक  जना पक्राउ 

माघ १५, २०८१     स्मार्ट संवाददाता


स्याङ्जामा लागू औषधसहित एक जना पक्राउ परेका छ्न्। पक्राउ पर्नेमा रूपन्देही सिद्धार्थनगर नगरपालिका -१३ देबकोटाचोक बस्ने १९ बर्षीय अंगत सेन्चुरी रहेका छन्।पक्राउ परेका  सेन्चुरीको साथबाट Nitravet-10 नामक २० पत्ता (३०० ट्यावलेट) नियन्त्रित लागुऔषध फेला पारीएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव  उपरीक्षक हरीप्रसाद पौडेलले जानकारी दिनुभयो।

सोमबार राती करिब ९ बजेको समयमा  पुतलीबजार नगरपालिका वडा नं. १ बसपार्क स्थित सिद्धार्थ राजमार्गमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजांच गर्ने क्रममा बुटवलबाट पोखरा तर्फ जाँदै गरेको बा.प्र. ०१-००६ ख. ३७४२ नं. को हाईसमा सेन्चुरीलाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको थियो।पक्राउ परेका सेञ्चुरी उपर थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।