जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एकजना पुरुष पक्राउ परेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ का ५५ वर्षीय रामेश्वर नेपालीले १३ वर्षीय नाबालिकालाई पटकपटक करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए।
परिवर्तित जिल्ला ४० स्थितमा परिवर्तित नाम `०८०/०८१ आँधिखोला ३१´ को प्राप्त जाहेरी अनुसार निज नेपालीलाई असोज ६ गते पक्राउ गरिएको हो। नेपालीलाई जबरजस्ती करणी मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट असोज ७ गते म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक खनालले बताए।