समयले उसको जिन्दगी
केराको थाम जस्तो बनाएको छ
भनिन्छ
केराको थाम न हलो जस्तो न बलो जस्तो ।
उसको घर
अनि
घरको झ्याल
घरको ढोका
घरको धुरी
बन्छु सोचेको थियो
समयले उसलाई
यस्तो भेलमा बगाएर छोड्यो
कतै किनारा लागेको भए नि
किनारका मान्छेहरुले
उठाएर लैजान्थे उसलाई
ऊ कसैको घरको चुलो बन्न सक्थ्यो
या किनारमै लास जलाउन मद्दत दिन सक्थ्यो
कि पुग्थ्यो कसैको कुटीमा धुनी बन्न
कि पुग्थ्यो भट्टामा इँटा पोल्न
ऊ कसैको जिन्दगीको घरमा
प्रयोग हुन नसकेको
एउटा काठजस्तो ज