प्रश्न (कविता)

कार्तिक ०३, २०८१     नवीन रेग्मी


शासक !
तँ सुरकाे छस् कि बेसुरकाे ?
वा एकसुरकाे ?
बोल्छस् मात्र सुन्दैनस्
अति भाे तेरो नाङ्गो नाच भनेर
दुनियाँ हाँस्दा पनि देख्दैनस्
आफ्नो लाज छेक्दैनस्
तेरो निर्लज्ज नेतृत्व
न शरम छ तँलाई न घीन
कुनै कथाको भ्रमित बादशाहजस्तै तँ
वाक्चतुर, चटके, चाटुकार, भराैटेहरुकाे तेराे भजन मण्डली
जे भन्छ, त्यही तेराे सत्य
के अस्तायाे तेराे विवेक ?
कुर्ची माेहान्धले के गुमाइस् तेरा आँखा ?
मान गुमेकाे तेराे फाेस्राे अभिमान
लम्पसार स्वाभिमान
अझै गाइरहन्छस्, गवाइरहन्छस् है देशभक्तिकाे खाेक्राे गीत
थाहा छ तँलाई ?
यहाँ हरेक युवकका आँखामा मरेका सपनाहरु छन्
हरेक युवतीका मनमा ‍ओइलाएका जपनाहरु छन्
तँ न दिनहुँ विदेशिएका निराश युवाहरुकाे लस्कर देख्छस्
न  त देश बिगार्ने तस्कर देख्छस्
लिलिपुटे मानव, तेरा लागि
तँभन्दा अग्लाे न काेही छ
तँभन्दा सग्लाे न काेही छ
सफेद वदन, कालाे मन तेराे
एउटै प्रश्न छ मेराे शासक
सुरमा छस् कि बेसुरमा छस्  ?