लायन्स क्लब अफ भीरकोटद्वारा वृक्षारोपण 

असार २७, २०८१     स्मार्ट संवाददाता


 लायन्स क्लब अफ भीरकोटको आयोजनामा भीरकोट पार्कमा वृक्षारोपण गरिएको छ । स्याङ्जाकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा चर्चा कमाइरहेको भीरकोट  पार्कमा  लिची, आँप, अम्बा जस्ता विभिन्न प्रजातिका फलफुलका विरुवा रोपिएको हो।

क्लबका अध्यक्ष ढाकाराम खनालले पार्कको सौन्दर्य वृद्धि गर्न र वातावरण संरक्षणमा योगदान गर्ने उद्देश्यले वृक्षारोपण गरिएको बताए। क्लबका सदस्यहरूको सक्रिय सहभागिता रहेको वृक्षारोपण कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारी(लक्ष्मण), नगर उपप्रमुख भगवती रेग्मी अर्याल, वडा अध्यक्ष तारा अर्याल, रत्नप्रकाश श्रेष्ठ लगायतका व्यक्तिहरूको पनि सहभागिता रहेको थियो। वृक्षारोपण कार्यक्रमको संयोजन लायन्स कृष्ण प्रसाद अर्यालले गरेका थिए। लायन्सको वार्षिक क्यालेन्डर बमोजिम वर्ष २०२४/२५ को पहिलो औपचारिक कार्यक्रमको रूपमा वृक्षारोपण गरिएको क्लबले जनाएको छ।