नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।इण्डियन आयल निगमले पठाएको मूल्य सूची अनुसार पेट्रोलमा १.२२ रूपैयाँ र डिजेल/ मट्टीतेलमा प्रतिलिटर २.०६ रूपैयाँ घटेको हो।
यसैका आधारमा निगमको संचालक समितिले नयाँ मूल्य सूची सार्वजनिक गरेको हो। नयाँ मूल्य सूची आज राती १२ बजेपछि बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटेको छ।
नयाँ मूल्य सूची अनुसार पोखरा, काठमाडौं र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ रूपैयाँ र डिजेल र मट्टीतेलको मूल्य १५८ रूपैयाँ हुनेछ।