मासिक ७०८ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट, २५० मिनेट कल र १८ जीबी डेटा
फागुन २५, २०८०

फाल्गुन २५, २०८०
नेपाल टेलिकमले ५० एमबीपीएस गतिको इन्टरनेट नयाँ मूल्यमा दिने भएको छ ।

कम्पनीले ल्याएको अफर अन्तर्गत अब वार्षिक ग्राहकले ८,४९९ रुपैयाँ (कर सहित) मै उक्त गतिको इन्टरनेट प्राप्त गर्नेछन् । साथै ग्राहकले एक वर्षका लागि दैनिक ६०० एमबी मोबाइल डेटा तथा ३,००० मिनेट भ्वाइस कल (ल्यान्डलाइन) समेत निःशुल्क पाउनेछन् ।
अर्थात् यो प्याकेज लिने ग्राहकलाई मासिक जम्मा ७०८ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट, १८ जीबी मोबाइल डेटा तथा २०५ मिनेट कल रुपैयाँको इन्टरनेट उपलब्ध हुनेछ ।

(टेक पानाबाट साभार)