भीरकोट नगरपालिकाको नयाँ प्रतीक चिन्ह स्वीकृत 

भदौ ३१, २०८०


नारायणप्रसाद कोइराला , स्याङ्जा
३१ भाद्र २०८०

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी
स्याङ्जाको बालमैत्री भीरकोट नगरपालिकाले आफ्नै प्रतीक चिन्ह प्रयोग गर्ने निर्णय गरेको छ। आइतबार बसेको नगर कार्यपालिकाको १०४ औं बैठकले वडा नं ७ निवासी रिम बहादुर गोदारले तयार गरेको प्रतीक चिन्ह(लोगो) लाई स्वीकृत गरि प्रयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले जानकारी दिए।
स्वीकृत लोगोको प्रतीक चिन्हको दायाँ र बाँया भागमा रहेको धानको बालाले भीरकोट नगरपालिकाको मुख्य कृषि बालीहरुलाई जनाउँछ । धान लगायतका अन्न बालीहरु भीरकोट नगरपालिकाको प्रमुख खाद्यान्न बालीहरु हुन् । गण्डकी प्रदेशको दोश्रो तथा स्याङ्गजा जिल्लाकै पहिलो बालमैत्री नगरपालिका झल्काउन दायाँ बाँया बालमैत्री लोगो चिन्हलाई इङ्गित गरिएको छ ।
लोगोभित्र राखिएको भीरकोट कालिका, छायाँक्षेत्र मन्दिर, खिलुङ्ग कालिका मन्दिरको चिन्हले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले भरीपूर्ण रहेको  भीरकोट नगरपालिकालाई  चिनाइएको छ। धार्मिक, ऐतिहासिक तथा पर्यटकीय आँधिखोलाले भीरकोटमा जलस्रोत र सिंचाईको सम्भावनालाई बुझाएको छ।उड्दै गरेको प्याराग्लाइडिङ्गले भीरकोट भित्र रहेका पर्यटकीय र साहसीक खेलको सम्भावनालाई इङ्गित गरेको छ ।
सम्भवत विश्वकै लामो गुफाको रुपमा रहेको गडहरे गुफाको संकेतले भीरकोटको पर्यटकीय सम्भावनालाई थप प्रष्ट पारेको छ । चन्द्र र सूर्य इंकित नेपालको राष्ट्रिय झण्डा भीरकोट नगरपालिकाका विभिन्न पर्यटकीय क्षेत्र हरूमा फरफराइरहेको इङ्गित गरिएको छ । छेउमा रहेको डाँडा काँडाले भीरकोट नगरपालिकामा रहेका बन पाखा हरियाली स्वरेक मैदान सुन्दरचौर, तामुको लेक, जन्तीढुंगा जस्ता पर्यटकीय सम्भावना बोकेका क्षेत्रलाई इङ्गित गरेको छ । भीरकोट नगरपालिकाको नक्साले भौगोलिक अवस्थिति साथै बनावट दर्शाएको छ । सँगै रहेको मितिले भीरकोट नगरपालिकाको स्थापना भएको मिति इङ्गित गरेको छ । नेपालको राष्ट्रिय फूल लालीगुराँस भीरकोटको खिलुङ्ग जस्ता विभिन्न पहाडी भागहरुमा पाईने तथा लालिगुराँस पार्क निर्माणको समेत सम्भावना रहेको कुरालाई इङ्गित गरिएको छ ।
नाँच्दै र बजाउँदै गरेको चिन्हले  भीरकोटमा रहेको धार्मिक, सांस्कृतिक, लोक संस्कृति र जातीय विविधतालाई जनाउँछ । विद्यालयको चिन्ह र अस्पतालको चिन्हले भीरकोटमा रहेको शैक्षिक र स्वास्थ्य अवस्थाको बारेमा जनाउँछ ।  मन्दिरसँगै मस्दिज चिन्हले भीरकोट भीवका अनेक जातजातिविचको धार्मिक तथा भाइचारालाई जनाउँछ ।

पाठक, शुभेच्छुक र सरोकारवाला सबैमा हाम्रो अनुरोध :