जिल्लास्तरीय निबन्ध प्रतियोगितामा दहथुम मा.वि. प्रथम  

मङि्सर १५, २०८१     स्मार्ट संवाददाता


नेपाल इङ्ग्लिस ल्याङ्ग्वेज टीचर्स एसोसिएसन (नेल्टा) स्याङ्जाले मंसिर ७ गते सम्पन्न गरेको  जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ। प्रतियोगितामा     दहथुम माध्यमिक विद्यालय, भीरकोटका छात्रा चाहना के.सी. प्रथम हुनुभएको छ। यसैगरी  रोशनी अंग्रेजी आवासीय मा.वि. , पुतलीबजारका छात्र पृथ्वी पोखरेल द्वितीय र  जनज्योति माध्यमिक विद्यालय,चापाकोटका दिपेश कौशल तृतीय हुनुभएको छ।प्रतियोगितामा ४३ विद्यालयले सहभागिता जनाएका थिए।

स्याङ्जा जिल्लाबाट पहिलो र दोस्रो स्थान प्राप्त गर्ने विद्यार्थीहरू   नेल्टा गण्डकी प्रदेशले आयोजना गर्ने   गण्डकी प्रदेशस्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रतिनिधित्व गर्ने नेल्टा  स्याङ्जाका अध्यक्ष ओमविकास सिंजालीले जानकारी दिनुभयो।

त्यसैगरी, प्रतियोगितामा विजेता भएका विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण आगामी  माघ २५ मा आयोजना गरिने जिल्लास्तरीय हिज्जे प्रतियोगिताको औपचारिक कार्यक्रममा गरिने कार्यक्रम संयोजक सुनिल जि.सी. ले जानकारी दिनुभयो। नेल्टा स्याङ्जाले सबै सहभागीहरू, शिक्षक प्रतिनिधिहरू, र विद्यालयहरूको सक्रिय सहयोगप्रति आभार प्रकट गर्दै विजेता विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेको छ।