जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न
नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (NELTA) स्याङ्जाले शुक्रबार स्याङ्जा जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय अंग्रेजी निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ।
स्याङ्जाको त्रिभुवन आदर्श क्याम्पस, वालिङको वालिङ बहुमुखी क्याम्पस र गल्याङको गल्याङ बहुमुखी क्याम्पस गरी तीनवटा क्लष्टरमा विभाजन गरी संचालन गरिएकाे साे कार्यक्रम स्याङ्जा नेल्टाका अध्यक्ष ओम विकास सिङ्जालीकाे अध्यक्षतामा संचालन भएकाे थियाे । औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति, स्याङ्जाका प्रमुख श्री प्रसाद जि टी, गल्याङ् नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराई, वालिङ नगरपालिका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेको आतिथ्यता रहेको थियो।
यसैगरी कार्यक्रममा त्रिभुवन आदर्श क्याम्पस स्याङ्जाका क्याम्पस प्रमुख अर्जुन बन्धु अर्याल, वालिङ् बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भिम प्रसाद पंगेनी, शिक्षा शाखा गल्याङका प्रमुख हिमाल भण्डारी, PABSON स्याङ्जा सचिव लेखनाथ रेग्मी , गल्याङ बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख ऋषिराम भण्डारी, वालिङ बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख बिष्णु सुवेदी गैह्रे, पत्रकार पाेत प्रसाद अर्याल, भाेजराज देवकाेटा, लेखनाथ चापागाईं, नेल्टा स्याङ्जाका सचिव अमृत डुम्रे, सह-सचिव लक्ष्मण रेग्मी, काेषाध्यक्ष भाेजकुमारि पाण्डे, कार्यक्रम संयाेजक सुनिल जि सि, कार्यसमिति पदाधिकारी लगायतका प्राध्यापक, पत्रकार, विभिन्न विद्यालयबाट पाल्नुभएका प्र अ, शिक्षकहरू तथा विद्यार्थीहरूकाे उल्लेख्य सहभागीता रहेकाे थियाे ।
वालिङ क्लस्टरबाट २४ जना, स्याङ्जा क्लस्टरबाट १० जना र गल्याङ क्लस्टरबाट नौ जना गरी जम्मा ४३ जना विद्यार्थीहरूको सहभागिता रहेको सो कार्यक्रमको संयोजन स्याङ्जा क्लस्टरको लागि अर्जुन पोखरेल, वालिङ क्लस्टरका लागि रेशम रेग्मी र गल्याङ क्लस्टरका लागि खगेन्द्र पाठकले गर्नुभएको थियो । विद्यार्थीहरूको लेखनसिपलाई अभिवृद्धि गर्ने उद्देश्यले आयाेजित सो कार्यक्रममा पहिले नै दिइएका तिनवटा शिर्षकहरूमध्येबाट Artificial Intelligence and Education: A personalized learning Experience दिएको थियो । सबै उत्तरपुस्तिका जम्मा गरी विज्ञको टिमबाट कोडिङ गरी समग्र रुपमा प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई आगामी माघ २५ गते हुने जिल्ला स्तरीय स्पेलिङ कन्टेक्स्ट कार्यक्रममा आकर्षक पुरस्कार प्रदान गरिने र उत्कृष्ट दुईजनालाई नेल्टा गण्डकी प्रदेशले आयोजना गर्ने कार्यक्रममा सहभागी गराउने निर्णय भएको अध्यक्ष ओम विकास सिंजालिले बताउनुभयाे ।