लम्सालको ‘मन मिल्ने दौतरी’ सार्वजनिक
मङि्सर २९, २०८१ स्मार्ट संवाददाता
स्याङ्जाली गायक अविषेक लम्साल र गायिका सिम्रन परियारको आवाजमा सजिएको नयाँ गीत मन मिल्ने दौतरी सार्वजनिक भएको छ। गीतमा महेन्द्र सापकोटा र प्रदीप प्रजाको शब्द छ भने म्युजिक भिडियोमा प्रदीप प्रजा र अर्चना त्रिपाठीले अभिनय गर्नुभएको छ।
उक्त म्युजिक भिडियो Abishek Lamsal नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतले ग्रामीण जीवनशैली, प्रेम र मित्रताका भावनालाई प्रस्तुत गर्ने प्रयास गरेको छ। यो लम्सालको ७ औं गित हो।
गीत सार्वजनिक भएसँगै स्रोताहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। गायन, शब्द, र मोडलिङको प्रशंसा गर्दै गीतले दर्शकहरूलाई मनोरञ्जन दिन सफल हुने विश्वास लिइएको छ।