वालिङमा बुधबार शोक विदा
कार्तिक २०, २०८१
स्मार्ट संवाददाता


स्याङ्जाको वालिङ नगरपालिकाले बुधबार शोक विदा दिने निर्णय गरेको छ । वालिङ नगरपालिक वडा नं ११ का वडा सदस्य एवं नगर सभा सदस्य ताराप्रसाद पराजुलीको निधनमा नगरपालिकाले शोक विदा दिने निर्णय गरेको हो ।
बुधबार वालिङ नगरपालिकाभित्र रहेका वालिङ नगरपालिकाको कार्यालय वडा कार्यालय, स्वास्थ्य संस्था बन्द रहने वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो। स्वर्गीय पराजुलीको स्मृतिमा बुधबार बिहान नगरपालिकाको कार्यालय र वडा कार्यालयमा शोक सभा गरिने सुवेदीले जानकारी दिनुभयो।

फोक्सोसम्बन्धी समस्याबाट पीडित ५९ वर्षीय पराजुलीको कात्तिक २० गते मंगलवार निधन भएको हो । उहाँ स्थानीय तहको २०७४ र २०७९ को चुनावमा वडा सदस्य निर्वाचित हुनुभएको थियो ।