प्रेरक प्रसंग : जीवनका तीन सर्वोत्तम कुरा

कुनै एउटा गाउँमा एउटा सानो परिवार थियो। परिवारमा बा, आमा र एउटा छोरा थिए। बा एकमदमै संस्कारी, मिहिनेती र इमानदार हुनुहुन्थ्यो । तर उनीहरू आर्थिक रूपमा गरिब थिए।
बाले छोरालाई नियमित रूपमा जीवनोपयोगी कुराहरू सिकाउनुहुन्थ्यो। उहाँले छोरालाई भन्नुभयो: खाना, ओछ्यान र घर सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्। छोरा, तिम्रो जीवनमा तीन कुरा कहिल्यै नछोड: सबैभन्दा मिठो खाना खानू, सबैभन्दा राम्रो ओछ्यानमा सुत्नू, र सबैभन्दा राम्रो घरमा बस्नू।

छोराले भन्यो: हामी त गरिब छौँ, म यो सबै कसरी गर्न सक्छु?
बुबाले भन्नुभयो : जब तिमी भोक लाग्दा मात्र खान्छौ, जे खाए पनि त्यो सबैभन्दा मिठो खाना हुनेछ।
र जब तिमी धेरै मिहिनेत गरेर थाक्छौ, जुनसुकै ओछ्यानमा पनि निद्रा लाग्छ, त्यो नै सबैभन्दा राम्रो ओछ्यान हुनेछ।
र जब तिमी मानिसहरूलाई दयालु व्यवहार गर्छौ, तिमी उनीहरूको मनमा बस्छौ, जसले गर्दा तिमी संसारकै सबैभन्दा राम्रो घरमा बस्नेछौ।