चापाकोटमा सातौँ मेयर कप हुने

फागुन १९, २०८१     सुनिल न्यौपाने, चापाकोट


स्याङ्जाको चापाकोट नगरपालिका ९ सुन्तलिटारमा सातौँ मेयर कप हुने भएको छ । चापाकोट नगरपालिकाको आयोजनामा यही फागुन २१ गतेदेखि सातौँ मेयर कप प्रतियोगिता हुन लागेको हो । सातौँ पटक मेयर कप प्रतियोगिता गर्न लागेको जानकारी नगरपालिकाले दिएको हो ।

 

प्रतियोगिता अन्तर्गत फुटबल, क्रिकेट, भलिबल र व्याडमिन्टन प्रतियोगिता हुने नगरपालिकाले जनाएको छ । पुरुष क्रिकेट प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमलाइ नगद २५ हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ भने दोश्रो स्थान हासिल गर्ने टिमले नगद १५ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र पाउनेछ ।

त्यस्तै पुरुष फुटबल प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमलाई नगद ३० हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । दोश्रो स्थान हासिल गर्ने टिमले नगद २० हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र पाउनेछ भने तृतीय स्थान हासिल गर्ने टिमले नगद १० हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र पाउनेछ ।

यसैगरी पुरुष भलिबल प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमलाई नगद ३० हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । दोश्रो स्थान हासिल गर्ने टिमले नगद २० हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र पाउनेछ भने तृतीय स्थान हासिल गर्ने टिमले नगद १० हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र पाउनेछ।

साथै पुरुष व्याडमिन्टन प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमलाई नगद १५ हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । दोश्रो स्थान हासिल गर्ने टिमले नगद १० हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र पाउनेछ भने तृतीय स्थान हासिल गर्ने टिम र सान्त्वना स्थान हासिल गर्ने टिमले नगद ५\५ हजार रुपैयाँ, कप मेडल र प्रमाणपत्र पाउनेछ।

प्रतियोगिताका खेलहरु चापाकोट नगरपालिका ९ सुन्तलिटार स्थित गंगालाल माविको खेलमैदान र चापाकोट नगरपालिका कार्यालयको प्राङ्गणमा संचालन हुनेछन्।

प्रतियोगिताको व्यवस्थापन नगर खेलकुद विकास समितिले गर्ने नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा क्रियाशील खेलाडीहरूको अन्तरनिहीत क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको नगर प्रमुख देब बहादुर खाँणले जानकारी दिनुभयो ।