भीरकोटमा मगर भाषा प्रशिक्षण कार्यक्रमको सुभारम्भ ।
भदौ ५, भीरकोट खबर डेस्क
नेपाल राष्ट्रिय मगर संघ जिल्ला कार्यसमिति स्याङ्गजाको आयोजनामा भीरकोटमा एक हप्ते मगर भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको छ। भीरकोट नगरपालिकाको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय मगर संघ जिल्ला कार्यसमिति स्याङ्गजाले कार्यक्रम आयोजना गरेको हो। प्रशिक्षक मोहन थापाले प्रशिक्षण दिनुहुने उक्त कार्यक्रममा स्थानिय मगरको सहभागिता रहने आयोजकले जनाएको छ ।
भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालको प्रमुख आतिथ्यता रहेको समुद्घाटन कार्यक्रम नेपाल राष्ट्रिय मगर संघ जिल्ला कार्यसमितिका सभापति श्री बिक्रम बहादुर सारुको अध्यक्षतामा भएको थियो ।
कार्यक्रम भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खानालले उद्घाटन गरेका हुन। कार्यक्रमा बोल्दै खनालले नेपाल अनेक जातिको सम्मिश्रण रहेको मुलुक हो, धेरै संस्कृति छ, अन्य भाषा जस्तै मगर भाषालाई सबैले समर्थन र संरक्षण गर्नुपर्ने बताए। यस प्रशिक्षण तथा क्षमता विकाश कार्यक्रमले सहभागीहरुलाई सामान्य भाषामा पोख्त बनाउने, भाषाको बीउ रोप्ने काम गर्नेछ। उनले भने कार्यक्रमको सुरुवात भीरकोट ८ चिलाउनेखर्कबाट भएता पनि अन्य स्थानमा पनि आवश्यकता अनुसार तालिम माग भएमा सम्बोधन गर्ने बताए।भाषाको संरक्षणमा नगरपालिका अझ उत्साही ढंगले अगाडी बढिरहेको छ, संस्कृतिलाई जिउँदो बनाउने कार्य गर्न अगाडि सरेको छ।जातीय पहिचानको निमित्त भाषा, पोशाक आदिलाई जीवन्त राख्ने, पोशाकको तयारी स्थानीय गाउँमै तयार गर्नसके नगरपालिकाले थप लगानी गर्ने प्रतिवद्घता व्यक्त गरे।पुराना मगर संस्कृति झल्किने सामाग्रीहरुको संग्रालयको व्यवस्थाका लागि मगर संघलाई आवस्यक सहयोग नगरपालिकाले गर्नेछ।कार्यक्रम आयोजनाका लागि मगर संघलाई धन्यवाद व्यक्त गर्दै १ हप्ताको कार्यक्रम अपुग देखिए पछि पुनर्ताजगी पनि गर्न सकिने जानकारी दिदै धेरै भन्दा धेरै युवाहरु यस तालिममा समावेश भए यसको महत्व अझै धेरै रहने बताए।
कार्यक्रमका सभापती राष्ट्रिय मगर संघ जिल्ला कार्यसमितिका सभापति श्री बिक्रम बहादुर सारुले स्याङ्गजामा नै पहिलो पटक भाषा प्रशिक्षण कार्यक्रमको भीरकोट नगरपालिका बाट सुरुवात भएकोमा खुशी व्यक्त गरे । उनले मगर भाषा मात्र नभई मातृभाषा भएको हो भन्ने हेतुका साथ संरक्षण गर्नुपर्नेमा जोड दिए । आफनो पहिचान जोगाउन र गौरवका लागी भाषा अत्यन्तै महत्वपूर्ण रहेको समेत ध्यानाकर्षण गराए ।
कार्यक्रममा बिशिस्ट अतिथि नगर उपप्रमुख सिमा केसी कर्माचार्य, भीरकोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष लक्ष्मण खत्री, कार्यपालिका सदस्य बिष्णुमाया काफ्ले, भीरकोट मगर संघका सचिव तथा जिल्ला कार्यसमिति सदस्य प्रसुन सिंजाली मगर, नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश सभापति चन्द्र बहादुर राना, नेपाल मगर सँग गण्डकी प्रदेश सदस्य इन्द्र बहादुर मास्के लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रको संचालन नेपाल राष्ट्रिय मगर संघ जिल्ला कार्यसमिति सदस्य जिता रानाले गरिकी थिइन।