लायन्सको आयोजनामा वृहत् निशुल्क स्वास्थ्य शिविर हुँदै

फागुन २५, २०८०


कमल रेग्मी, भीरकोट
२५ फाल्गुन, २०८० शुक्रबार

लायन्स क्लब अफ भीरकोटको आयोजनामा भीरकोट नगरपालिका, हेलुमा १ दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ।क्लबको नियमति वार्षिक कार्ययोजना अन्तरगत फाल्गुन २६ गते शनिबारको दिन स्वास्थ्य शिविरको आयोजना गरिएको क्लबका अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण) ले जानकारी दिए।

लायन्स क्लब अफ भीरकोट स्याङ्गजाको आयोजना, गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोग तथा भीरकोट नगरपालिका, पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा स्वास्थ्य शिविर संचालन हुनेछ। भीरकोट नगर अस्पताल, हेलुमा फाल्गुन २६ गते शनिबार बिहान १० बजे देखि दिउसो ४ बजे सम्म शिविर संचालन हुने कार्यक्रम संयोजक प्रदिप आलेले जानकारी दिए। शनिबार संचालन हुने उक्त शिविरमा जनरल फिजिसियन डाक्टर सरोज थापा, रेडियोलोजिस्ट डाक्टर राजु रेग्मी, हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डाक्टर उमेश भट्ट, महिला तथा प्रशुती रोग बिशेषज्ञ डाक्टर स्मारिका आचार्य, नाक, कान, घाँटीरोग बिशेषज्ञ डाक्टर आदित्य दाहाल र भीरकोट नगर अस्पतालका डाक्टर राजिब झा लगायतले सेवा दिने कार्यक्रम संयोजक आलेले जानकारी दिए।

उक्त दिन बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म शिविर संचालन हुने बताइएको छ।आयोजक संस्थाले अडियो जिंगलमार्फत गाउँ तथा बजार क्षेत्रमा स्वास्थ्य शिविर बारे प्रचार प्रसार गरिरहेको छ।थप उपचार आवश्यक पर्ने विरामीहरूलाई गण्डकी मेडिकल कलेज पोखराले सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्ने संयोजक आलेले बताए।