नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ पोखरा इकाई र प्यासिफिक ल्याब बिच छुट सम्झौता

भदौ ३१, २०७९


स्मार्ट अखबार संवाददाता
३१ भाद्र २०७९



नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ पोखरा इकाई र प्यसिफिक डाइग्नोस्टिक ल्याब बिच प्रयोशाला परिक्षणमा छुट उपलब्ध गराउने सझौता भएको छ। पोखरा रामघाटमा रहेको प्यासिफिक ल्याब बिच आज एक कार्यक्रम गरि सम्झौता गरिएको हो। नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ पोखरा इकाई र प्यासिफिक ल्याब बिच भएको छुट सम्झौता अनुसार औषधि तथा बिक्रि प्रतिनिधि संघ पोखरा इकाईका सदस्यहरूले प्रयोगशाला परिक्षणमा विशेष छुट सुविधा प्राप्त गर्नेछन् ।उक्त सुबिधा प्राप्त गर्नका लागि नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ पोखरा इकाईले जारी गरेको र म्याद कायम रहेको परिचय पत्र पेस गर्नु पर्नेछ।



यसका साथै NMSRA Pokhara Unit का सदस्यका परिवारलाई समेत विशेष छुट उपलब्ध गराउने सहमति भएको हो। सहमती पत्रमा हस्ताक्षर प्यसिफिक डाइगोनेस्टिकको तर्फबाट प्रबन्ध निर्देशक अमृत थापा र नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ पोखरा इकाईको तर्फबाट इकाईका अध्यक्ष दिपक बोहराले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको थियो।