११ असोज २०८०, बिहिबार
लोकप्रिय डिजिटल वालेट ‘खल्ती’ ले वर्ल्डलिङ्कका ग्राहकलाई लक्षित गर्दै ‘दशैं अफर’ ल्याएको छ । अफर अन्तर्गत वर्ल्डलिङ्कको इन्टरनेट बिलको भुक्तानी ‘खल्ती’ बाट गर्नेमध्ये २४ ग्राहकको जोडीले ‘दुबई भ्रमण’ को अवसर पाउने छन् l


यो अफरमा सहभागी हुन चाहने वर्ल्डलिङ्कका ग्राहकले इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्ने हुन्छ । विशेषगरी तीन महिना वा १२ महिनाको इन्टरनेट शुल्क भुक्तानी गर्ने ग्राहक अफरमा सहभागी हुन पाउनेछन् । ‘खल्ती’ बाट इन्टरनेटको बिल भुक्तानी गर्नेमध्येका दुई जोडीले हरेक हप्ता दुबई घुम्ने मौका पाउने छन् । पाँच दिनको दुबई भ्रमणका लागि लाग्ने सम्पूर्ण खर्च खल्तीले ब्यहोर्ने छ ।
तीन महिनाको इन्टरनेट शुल्क खल्तीबाट तिरेपछि प्रयोगकर्ताले भौचर पाउछन् l ३ महिनाको बिल भूक्तानी गर्ने ग्राहकले दुई ओटा भौचर पाउने छन् भने १२ महिनाको भुक्तानी गर्दा पाँच ओटा भौचर पाउछन् । खल्तीले तीनै भौचरमार्फत हरेक साता लक्की ड्र गरी दुई ओटा भौचर छान्नेछ ।
वर्ल्डलिङ्ककका अनुसार अहिले ६५ प्रतिशत प्रयोगकर्ताले सो कम्पनीको इन्टरनेटको शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्ने गर्छन् । खल्तीले पछिल्लो समय प्रयोगकर्तालाई आकर्षित गर्न विभिन्न उपहार योजनाहरू सञ्चालन गर्दै आएको छ ।दशैँ उपहार योजनाबारे थप जानकारी लिन नजिकको वर्ल्डलिङ्कको कार्यालयमा सम्पर्क समेत सम्पर्क गर्न सकिने छ l
