प्रेरक प्रसंग : “स्वर्गमा भगवान मरेछन् ?”

साउन २९, २०८१


एक पटक मार्टिन लुथर किङलाई उदासीले घेर्यो र उनलाई संसारै झूठो लाग्न थाल्यो । व्यथा र चिन्ताले उनको जीवनमा उदासी भरिदियो । उनलाई उदास देखेर एक दिन उनकी पत्नीले चिन्तित भएर भनिन्- “स्वर्गमा भगवान् मरेछन् ?”



लुथरले भने- “अहँ ! यस्तो कसरी हुनसक्छ ? भगवान् त अजर, अमर, अनादि र अनन्त छन् ।”



“साँच्चै ?”

“एकदम साँचो ।”

“तिमीलाई विश्वास छ ?”

“छ ।”

“तर तिमी त यस्तो उदास देखिन्छौ कि मानौं भगवानै मरिसके ।”

यो सुनेर लुथर हाँस्न थाले । उनकी पत्नीले उनको हाँसो फर्काइन् । उनको धैर्य पुनः कस्सियो र उनी पुनः मुस्कुराउँदै प्रसन्न मुद्रामा जिउन थाले । पत्नीले उनको दिलबाट एउटा बोझ हटाइदिइन् र उनी पहिलेजस्तै सामान्य भए । लुथरले अमेरिकाका अश्वेत जातिको हक र हितका लागि जीवनभर संघर्ष गरिरहे ।

त्यसैले तपाईं पनि सधैं मुस्कुराइरहनुस् । जतिसुकै कष्ट र समस्या आइपर्दा पनि कहिल्यै चिन्ता नलिनुस् । अँध्यारो रातपछि सुनौलो बिहानी आएजस्तै, घामपछि छायाँ आएजस्तै र बादल फाटेजस्तै सारा कष्ट र समस्या आफैं टाढिएर जानेछन्।