स्मार्ट सम्वाददाता, कालिगण्डकी
३ कात्तिक २०८०, शुक्रबार
जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकालाई सिलिण्डरमुक्त बनाउने अभियानलाई तिब्रता दिएको छ l अभियानलाई तिव्रता दिदै पालिकाले १ सय ३५ घरधुरीलाई  निशुल्क विद्युतीय चुल्हो वितरण गरेको हो । शुक्रबार पालिकामा आयोजित दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमकाबीच कम्तिमा १६ एम्पिएर क्षमता बराबरको मिटर जडान र  वाएरिङ भएका १ सय ३५ घरधुरीलाई  निशुल्क विद्युतीय चुल्हो वितरण गरिएको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताए l
 “एक घर, एक विद्युतीय चुलो” बनाउने अभियानका साथ कालिगण्डकी गाउँपालिका अगाडि बढिरहेको र आगामी २ वर्षभित्र ग्यास सिलिण्डरमुक्त गाउँपालिका बनाइने गाउँपालिकाका अध्यक्ष  थापाले बताए। पालिकाभित्रका ४ हजार ७ सय परिवारको भान्साबाट परम्परागत र सिलिण्डर चुलो विस्थापित गरी धुँवारहित पालिका बनाउने अभियान निम्ति २ करोड खर्च हुने  अनुमान गरिएको छ l
“ग्याँस विस्थापन गरौं, विद्युतको उपयोग बढाऔं” भन्ने नाराका साथ आर्थिक वर्ष २०७९/८० देखि अभियानका रूपमा संचालन गरिएको यो अभियानले आर्थिक वर्ष २०८१/८२ पूर्णता पाउने र वार्षिक ५ करोड बजेट रूपैयाँ बचत हुने पालिका अध्यक्ष थापाको अनुमान  छ ।
गाउँपालिकाका उपाध्यक्ष सावित्री कोइरालाले  पालिकाको मूल नारा “समृद्ध गाउँपालिका, सुखी नागरिक” लाई मूर्तरूप दिन विद्युतीय चुल्हो वितरण गरिएको बताइन् । विद्युतीय चुल्होले गृहणीहरूको स्वास्थ्यमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने भएकाले नियमित रूपमा प्रयोग गर्न उनले लाभग्राहीलाई अनुरोध गरेकी छ्न्।
पालिकालाई ग्यास सिलिण्डर मुक्त गाउँपालिका बनाउन निशुल्क विद्युतीय चुलो वितरणलाई अभियानकै रूपमै अगाडि बढाइएको पालिकाले जनाएको छ l  पालिकाले  विद्युतीय चुलो वितरणका लागि  लाभग्राहीको घरको विद्युतीय पूर्वाधारको अवस्था सर्वेक्षण गरी लाभाग्राहीको नामावली अग्रीम प्रकाशन गर्ने गरेको छ l   कम्तिमा १६ एम्पिएर क्षमता बराबरको मिटर जडान र  वाएरिङ भएका  लाभग्राहीलाई उनीहरूको आवश्यकताको आधारमा अनुसार इन्फ्रारेड र इन्डक्सन दुबै प्रकृतिको विद्युतीय चुल्हो उपलब्ध गराइएको पालिकाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here