भीरकोट जेसिजको अध्यक्षमा कोइराला

पुष १७, २०७९


स्मार्ट संवाददाता, भीरकोट
१७ पुस २०७९

बिज्ञापन

भीरकोट जेसिजको वर्ष २०२३ को अध्यक्षमा जेसी सुन्दर कोइराला निर्वाचित भएका छ्न्।भीरकाेट जेसिजकाे पाँचाैं वार्षिक साधारण सभा तथा चाैथाे अधिवेशनले कोइरालालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।

वालिङ् जेसिज २०१८काे अध्यक्ष याम प्रसाद अधिकारीकाे प्रमुख आतिथ्यतामा भीरकोट भिल्लामा सम्पन्न भएको अधिवेशनले १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा जेसि विजय गुरुङ्ग , जेसि बिमला रेग्मी श्रेष्ठ उपाध्यक्षमा जेसि बिनाेद अधिकारी, जेसि सुशील अर्याल, जेसि भुपेन चापागाइ, जेसि खगेन्द्र थापालाई सर्वसम्मत निर्वाचित गरेको छ।यसैगरी महासचिवमा शिव प्रसाद खनाल, काेषाध्यक्षमा रिबन कुमार बिश्वकर्मा , कानुनी सल्लाहकारमा वर्षा पंगेनी नवनिर्वाचित अध्यक्षद्वारा मनोनीत  भएका छ्न्। वर्ष २०२२ का अध्यक्ष जेसी कृष्ण पौडेलको अध्यक्षतामा संचालन भएको कार्यक्रमको जेसिजका सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

विज्ञापन