स्याङ्जा कारागारमा क्षमताभन्दा बढी कैदी
भदौ ०५, २०८१
राम बहादुर रोकाहा


स्याङ्जाको पुतलीबजार नगरपालिका -१ मा रहेको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । वि.सं. २०३७ सालमा स्थापना भएको जिल्ला कारागारमा ५० पुरुष र १५ महिलाको क्षमता रहेको छ ।
६५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ४४ जना कैदीबन्दी रहेको कारागारका जेलर दिनेश शर्मा मरासिनीले जानकारी दिनुभयो । उनका अनुसार १ सय ३९ पुरुष र पाँच महिला कारागारमा रहेका छन् ।

कारागारमा रहेका कैदीबन्दी मध्ये सबैभन्दा धेरै जबर्जस्ती करणीका ३४ जना, कर्तव्य ज्यानका २७ जना, लागूऔषधका २४ जना, हाड-नाता करणीका १३ जनासहित २७ मुद्दाका कैदीबन्दी रहेको जेलर शर्माले बताउनुभयो ।