सद्भावपूर्ण रूपमा होली पर्व मनाउन जिल्ला प्रशासनको आग्रह
फागुन २६, २०८१
स्मार्ट संवाददाता


जिल्ला प्रशासन कार्यालय स्याङ्जाले फागु पूर्णिमा (होली पर्व) सामाजिक सद्भाव कायम राख्दै मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले इच्छा विरुद्ध जबरजस्ती रंग दलेर दुर्व्यवहार नगर्न र अश्लील तथा सांस्कृतिक मर्यादा विपरीत गतिविधि नगर्न आग्रह गरेको छ। साथै, होहल्ला, झैझगडा, जबरजस्ती रंग दल्ने, मदिरा सेवन गरी सामाजिक अशान्ति सिर्जना गर्ने कार्य गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने निमित्त प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताउनु भएको छ।
