५ सय जनाको छातीको एक्सरे , ६ जनामा देखियो क्षयरोगको संक्रमण

पुष २८, २०८१     स्मार्ट संवाददाता


क्षयरोग उपचार केन्द्र, गण्डकी प्रदेश, पोखरा र अर्जुनचौपारी गाउँपालिका स्याङ्जाको संयुक्त आयोजना तथा स्वास्थ्य कार्यालय स्याङ्जाको समन्वयमा सञ्चालित छातिरोग सम्बन्धी १ दिने शिविर अर्जुनचौपारी गाउँपालिका वडा नं. २ स्थित अर्जुनचौपारी स्वास्थ्य चौकीमा सम्पन्न भएको छ।

उक्त शिविरमा ५०० जना सेवाग्राहीहरुको छातिको एक्स-रे (computerized assisted digital x-ray (AI)) गरिएको थियो।शिविरमा उपस्थित व्यक्ति मध्ये ३८ जनाको खकारको नमुना सङ्कलन गरि गह्रौ-घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा परिक्षणको लागि पठाइएको छ। स्वास्थ्य परीक्षण गर्दा  जम्मा ६ जनामा फोक्सोको क्षयरोगको संक्रमण   भेटिएको छ। शिविरमा सहभागीहरुलाई  अर्जुनचौपारी गाउँपालिकाले ६ वटै वडामा नि-शुल्क यातायातको व्यवस्था गरेको थियो।

क्षयरोग उपचार केन्द्र, गण्डकी प्रदेश, पोखराका निर्देशक डा.सुनिलराज गौतम, मेडिकल अधिकृत तिलकमानसिंह भण्डारी, ल्याब टेक्निसियन निरिक्षक राजेन्द्र रानाभाट, ल्याब टेक्निसियन  नरेन्द्र प्रकाश पौडेल, रेडियोग्राफर निरिक्षक  धन प्रसाद रेग्मी, भीरकोट नगर अस्पताल रेडियोग्राफर रञ्जिता तिमिल्सिना लगायतको प्राविधिक टोलीद्वारा शिविर सञ्चालन गरिएको थियो।