स्वास्थ्य शिविरबाट १ सय १३ जना लाभान्वित


पोखरा महानगरपालिकाको वडा नं. १३ भद्रकालीमा निशुल्क छाती तथा फोक्सो रोग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ। पुस २७ गते शनिबार संचालन भएको शिविरमा नाशिका मेडिकेयर प्रा.लि. र सिप्ला लिमिटेडको प्राविधिक सहयोग गरेका थिए।
वरिष्ठ छातीरोग विशेषज्ञ डा. शैलेश गुरुङको नेतृत्वमा आयोजित शिविरमा १ सय १३ जना बिरामीहरूले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। शिविरमा पल्मोनरी फङ्सन टेस्ट (पीएफटी) द्वारा ७१ जना बिरामीहरूको फोक्सोको स्वास्थ्य परीक्षण गरिएको थियो।

कार्यक्रमको उद्घाटन डा. चन्दन श्रेष्ठले गर्नुभएको थियो। शिविरमा जाडोयाममा दम, अस्थमा तथा स्वासप्रस्वासका समस्या बढ्ने भएकाले फोक्सोको नियमित परीक्षण आवश्यक रहेको डा. शैलेश गुरुङले बताउनुभयो ।
नाशिका मेडिकेयर प्रा.लि. र सिप्ला लिमिटेडका प्राविधिक प्रतिनिधि सञ्जिव रोकाको सहयोगमा सम्पन्न उक्त शिविरले स्थानीयस्तरका बिरामीहरूलाई राहत दिएको छ।