स्याङ्जामा सतप्रतिशत किशोरीले लगाए एचपीभी खोप


स्याङ्जामा शतप्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) लगाएका छन्।प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार , स्याङ्जाले ९ हजार ३ सय १९ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो। कार्यालयले लिएको लक्ष्य पूरा भएको कार्यालयले जानकारी दिएको छ। जिल्लाभर कक्षा ६-१० सम्म अध्ययनरत र विद्यालय बाहिरका १०-१४ वर्षसम्मका गरि कुल ९ हजार ३ सय ९४ जनाले एचपिभी खोप लगाएको खोप फोकल पर्सन मनिस कुमार महतोले जानकारी दिनुभएको। महतोले १००.८ प्रतिशत किशोरीले खोप लगाएको जानकारी दिनुभयो। उहाँका अनुसार लक्ष्य भन्दा थप ७५ जना किशोरीले एचपिभी खोप लगाएको हुन्।

जिल्लामा माघ २२ देखि २८ गतेसम्म एचपिभी खोप सञ्चालन गरिएको थियो। पुतलीबजार , वालिङ, चापाकोट नगरपालिका लक्ष्यको नजिक नजिक रहे भने अन्य सबै गाउँपालिका र नगरपालिकाले सफलतापूर्वक आफ्नो लक्ष्य हासिल गरेका थिए। एचपीभी खोप लगाउँदा पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिन्छ।