स्वर्ण महोत्सव हेल्थ डेस्कबाट ५४ जना लाभान्वित

पुष १७, २०८१     स्मार्ट संवाददाता


अर्जुनचौपारी गाउँपालिकाले पञ्चकन्या माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा हेल्थ डेस्क सञ्चालन गरेको छ । बुधबार संचालन गरिएको हेल्थ डेस्कबाट ५४ जनाले सेवा लिएका छन्। जसमध्ये धेरैमा प्रेसर,  रुघाखोकीको समस्या देखिन्थ्यो भने केहीले सामान्य चेक जांँच मात्रै गरेका थिए ।

अर्जुनचौपारी गाँउपालिकाको  स्वास्थ्य सेवा सबैको पहुँच पुर्‍याउने उद्देश्यले पालिका भित्र हुने सभा गोष्ठीलाई  कार्यक्रम हरुमा हेल्थ डेक्स राखेर सेवा प्रदान गर्दै आइरहेको छ ।

टोल टोलमा स्वस्थ्य सेवा भन्ने कुरा लाई मध्यनजर गर्दै पालिका ले यस्ता कार्यक्रम हरु गर्दै आइरहेको अर्जुन चौपारी गाँउपालिका उपाध्यक्ष सपना गुरुङले बताउनु भयो ।