वालिङमा क्षयरोग अभिमुखिकरण

पुष ०७, २०८१     स्मार्ट संवाददाता


नेपाल सरकारको श्रयरोग मुक्त मुलुक घोषणा गर्ने अभियान अन्तर्गत वालिङ नगरले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । यो कार्यक्रम नेपाल सरकार अन्गर्तत देशभरका १५० स्थानीय तहमा लागू गरिएको छ ।

स्याङ्जाको वालिङ , गल्याङ ,भीरकोट र पुतलीबजार नगरपालिकाभित्र पहिलो चरणको अभिमुखिकरण संचालन गर्न कार्यक्रम परेको स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनुभयो ।

वालिङ नगरभित्र १ सय १८ जना श्रयरोगका संक्रमित पत्ता लगाउने लक्ष्य बोकिएको भएपनि चालु आर्थिक वर्षमा जम्मा ३० जना मात्र पहिचान भएको पाण्डेको भनाई छ ।

वालिङमा पहिलो पटक एआई मार्फत छातीको एक्सरे गर्दा ५ जनामा श्रयरोग पत्ता लगाईएको छ । हेर्दा स्वस्थ देखिएपनि श्रयरोगका किटाणु भेटिने सम्भावना उच्च रहेको पाण्डेको भनाई छ ।

सन् २०१८-२० को सर्वेक्षण अनुसार ५० प्रतिशत मानिसहरुमा श्रयरोगको जिवाणु देखिएको थियो । जसमध्ये सक्रिय जिवाणु देखिएकोलाई स्वास्थ्यकर्मीको निगरानीमा औषधी खुवाएर निको बनाउन सकिने पाण्डेले बताउनुभयो। वालिङमा आयोजित अभिमुखिकरणमा स्वास्थ्यकर्मी र पोषण सहजकर्ताले सहभागिता जनाएका थिए ।