राजनैतिक नेतृत्वको गलत सोचको कारण अनि उनीहरुका स्वार्थ नीतिका कारण मुलुक दिनानुदिन टाट पल्टिदै छ । म त भन्छु राष्ट्र गरिब व भए पनि हामी नागरिक गरिब छैनौं । गरिब छौं त मनका, सोचका र विचारका । बढ्दो विज्ञान र प्रविधिको विकास सँगै हामी आफै श्रम गर्न बिस्तारै छोड्दैछौं ।
सामूहिक सोचाई, प्रगति र उन्नतिको बाटोलाई समात्न नसक्दा र केही हुने खाने व्याक्तिहरुको देखासिकी गरी ऋण काढेर भए पनि उच्च जीवन शैली बिताउन चाहने प्रवृत्तिले हामी मध्यम वर्गीय र निम्न वर्गीय व्यक्तिहरू आफै दुःखको भुमरीमा फसेका छौं । अब हामी आफैले सोच्नु पर्ने बेला आएको छ । आफूले नसक्ने कुराको देखा सिकी नगरौं । आफू सँग जे छ त्यसैमा सन्तुष्ट होऊ । अरूको प्रगतिमा रिस डाह गर्ने होइन । बरु उसको प्रगति बाट पाठ सिकौं ।
हरेक दिन युवाहरू विदेश पलायन भइरहेका छन् । बाँकीहरु अधिकाँश त Facebook, Twitter र tiktok मा अरूको कमेन्ट गरेर बस्ने, चोक चोकमा बसेर अरूको पखालो गर्ने, फुर्सद मिल्यो की तास जुवा खेलेर समय, पैसा अनि स्वास्थ्यको बर्बाद पारेको पाइन्छ । गलत सोच बोकेर बाहिर हिँडने गरेको पाइन्छ । यस्तो गर्नु भन्दा बरु आफ्नो, परिवारको अनि समाजको उन्नति प्रगतिको लागि योजनाहरू बनाऊ । कार्य दिशा तय गरौं । आफूले पनि आय आर्जनका बाटाहरू खोजौं ।
राज्यसँग हात फैलाउनु भन्दा पहिला आफै स्वावलम्वी बनौं । बचेको समय मानव कल्याणमा, मानव सेवामा खर्च गरौं । आफु अनि आफ्नो समाज सभ्य, सुसज्जित र सुसंस्कृत बनाउने दायित्व हामी सबैको हो । मुलुक बन्नको लागि पहिला आफू अनि आफ्नो समाज बन्नु पर्दछ । तब मात्र मुलुक बन्दछ । अरु बाँकी समय आफ्नो स्वास्थ्यको लागि खर्च गरौं । शरीरमा विकार उत्पन्न गर्ने चीजहरू नखायौं, सेवन नगरौं । त्यस्तो सोच नबोकौँ । रोग लागि सके पछि हस्पिटलमा धाउन भन्दा रोगै लाग्न नदीउँ । टाइम टेवल मिलाएर नियमित खेल खेलौं । आफूलाई चाहिने व्यायाम गरौं । योग, ध्यान, तपस्या गरौं । निरोगी भई बाचौ । स्वास्थ्य नै धन हो । स्वास्थ्य नै जीवन हो । जय होस । सबैको कल्याण होस ।