चन्द्र ग्रहणको सांकेतिक तस्बिर स्रोत : BBC
११ कार्तिक २०८०, शनिवार
आज कार्तिक ११ गते शनिवार राति खण्डग्रास चन्द्रग्रहण लाग्दै छ ।  रातीको १ बजेर १९ मिनेटबाट सुरु हुने यस ग्रहण १ बजेर ५९ मिनेट सम्म रहनेछ भने यस ग्रहणको मोक्ष २ बजेर ३८ मिनेटमा रहनेछ । यस ग्रहणको अवधि रहने १ घण्टा १९ मिनेट रहने छ l
पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्र ग्रहण लाग्ने गर्दछ । आज पृथ्वीको छायाले चन्द्रमाको ६ प्रतिशत भाग ढाक्ने छ । ग्रहण लागेको बेला बालबालिका, वृद्ध र बिरामीबाहेकले खाना खान र सुत्न नहुने शास्त्रीय मान्यता रहेको छ l
चन्द्र ग्रहणको सुतक काल सामान्यतया ग्रहण लाग्नु ९ घण्टा अगावै सुरु हुन्छ । यस पछि कुनै पनि शुभ कार्य गर्नु राम्रो मानिदैन । राति १:१९ बजे स्पर्श हुने चन्द्र ग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने भएकाले दिउँसो ४:१९ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय मान्यता रहेको छ l ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने सनातन धार्मिक मान्यता रहेको छ l
चन्द्र ग्रहण  चन्द्रमाको सामान्य बृत चक्र हो जहाँ सूर्य र चन्द्रमाको बिचमा पृथ्वी पर्न जान्छ । यस समयमा पृथ्वी, चन्द्रमा  र सूर्यबिचको दूरी सबैभन्दा थोरै हुन्छ । यस क्रममा पृथ्वीको छाया चन्द्रमा देखिन्छ, चन्द्र नै प्रकाशको अभावमा र पृथ्वीको छायाले कालो देखिन्छ र यो नै चन्द्र ग्रहण हो । ग्रहणको आंशिक छाया भएमा खण्डग्रास र पूर्ण छाया भएमा खग्रास चन्द्र ग्रहण भएको भनिन्छ । नेपालको सबै भागबाट यो खग्रास चन्द्रग्रहण देख्न सकिने वी.पी. कोइराला मेमोरियल प्लानेटेरियमले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here