सहज र आकर्षक गन्तव्य बन्यो गह्रौकालिका मन्दिर

असोज ०५, २०८१     हिमाल न्यौपाने , गल्याङ


विशेष धार्मिक महत्व बोकेको स्याङ्जाको वालिङ नगरपालिका वडा नं  ८ मा रहेको गह्रौ कालिका मन्दिर पछिल्लो समय दिन प्रतिदिन चिर परिचित बन्दै गएको छ । तत्कालिन गह्रौ राज्यका  राजाहरु र वालिङ सेरोफेरोका स्थानीयले  विशेष पुजाआजा गर्दै आएको उक्त मन्दिरमा आवतजावतका लागि सडक तथा अन्य पूर्वाधार निर्माण भएसँगै दर्शन गर्न आउने भक्तजनको संख्यामा बृद्धि भएको हो । पूर्वाधार निर्माण पछि मन्दिर परिसर आकर्षक बनेको छ भने मन्दिर सम्मको  यात्रा सहज बन्दै गएको छ।

समुन्द्र सतहदेखि भन्डै १५ सय मिटरको उचाईमा अवस्थित गह्रौ कालीका मन्दीर क्षेत्र बाईसे चौवीसे राजाहरुले धार्मीक क्षेत्रको विशेष रुपमा मान्दै आएको थिए । बि.सं १४ सय १५ सालमा स्थापना भएको निकै पुरानो मन्दिर आजभोलि सडक तथा अन्य पूर्वाधार निर्माण भएसँगै बिभिन्न ठाउवाट दर्शन गर्न आउनेहरुको संख्या बढ्न थालेको छ ।

सिद्धार्थ राजमार्गको वालीङ देखि करिब १० किलोमीटरमा रहेको गह्रौ कालीका मन्दिरमा बडा दशै तथा चैते दशैमा बिषेश धुमधामका साथ बाजागाजा सहित पुुजा हुुने भएकाले दर्शनार्थीहरुको निकै घुइचो लाग्ने गर्दछ । शुुरुवाती चरणमा सानो मन्दीर रहेका ठाउमा २०६४ सालवाट गह्रौ कालिका धार्मीक तथा पर्यटकीय केन्द्र बनेसंँगै सडक, खानेपानी, भक्तजन बस्ने ठाउ निमार्णले सो ठाउको मुहार नै फेरीएको छ ।

उक्त क्षेत्रवाट उत्तरतर्फका दर्जनौँ हिमश्रृंखलाहरु मात्रै होइन दक्षिणमा देखिने कालीगण्डकीको मनोरम दृष्यहरुले मनै लोभ्याउने गरेको छ । यसको मुख्य विशेषता नै मागेको बर पुरा हुने धार्मीक जनविश्वास रहेको छ ।

गह्रौ कालीका मन्दिर बाईसे चौबिसे राजाले परापुुर्व कालदेखि आस्थाको केन्द्र बन्दै आएको सो मन्दिरमा शाह वंशीय राजाहरुले समेत पुजा गर्दै आएको भेटिन्छ । उक्त क्षेत्रको धार्मीक महिमा मात्र नभएर पर्यटकीय क्षेत्रलाई पनि महत्व दिएर प्रचार प्रसार गर्न सक्ने हो भने गह्रौसुर कालिका मन्दिर देशकै एक प्रमुख धार्मिक तथा पर्यटकीय  गन्तव्य बन्ने देखिन्छ ।