गण्डकी प्रदेशमा थप ३ दिन सार्वजनिक  बिदा 

चैत १५, २०८०


१५ चैत्र  २०८०, बिहिबार

गण्डकी प्रदेशमा आगामी वर्ष थप ३ दिन सार्वजनिक विदा हुने भएको छ। प्रदेश  सरकारले २०८१ सालमा संघीय सरकारले दिएको बाहेक थप ३ दिन बिदा दिने निर्णय गरेको हो।

संघीय सरकारलेभन्दा प्रदेशले थप दिनका लागि बिदा दिने निर्णय चैत ९ गतेको मन्त्रिपरिषद बैठकले गरेको थियो। प्रदेश सरकारले बिदाको सूचना राजपत्रमा समेत प्रकाशन गरिसकेको छ ।

चैते दशैंका दिन वैशाख ४ गते, भानुजयन्तिका दिन असार २९ गते र कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय भएको राजपत्रमा उल्लेख गरिएको छ ।

अघिल्ला २ वर्ष प्रदेश सरकार स्थापना दिवसका दिन फागुन ४ मा बिदा दिइएको भएपनि भने यसपालि कटौती गरिएको छ ।गण्डकी प्रदेशमा रहेका संघीय सरकारका कार्यालय समेतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा लागु हुने सचिव तीर्थराज भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।