स्मार्ट अखबार संवाददाता
२३ असार २०७९

अर्जुनचौपारी गाउँपालिकाले दरौंखोलामा आज देखि एक महिना माछा मार्न निषेध गरेको छ। दरौंखोलामा मत्स्य विकास केन्द्र मिर्मी स्याङ्‌जाको सहयोग र अर्जुनचौपारी गाउँपालिकाको संयोजकत्वमा १०हजार भन्दा बढी विभिन्न स्थानीय जातका माछाका भुराहरु छाडिएको हुँदा कुनै पनि तवरले खोलाका माछा मार्ने कार्य निषेध गरिएको अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेतले बताउनुभयो। परम्परागत रुपले माछा मारी जीविकोपार्जन गरिरहेका समुदाय तथा व्यक्तिहरुले समेत आजदेखि १ महिना सम्म माछा मार्न नपाउने हुनाले दैनिक जीविकोपार्जनमा कठिनाई उत्पन्न हुने अवस्था आईपरेमा पालिकाले राहत उपलब्ध गराउने जनाइएको छ। जीविकोपार्जनमा कठिनाइ भएका व्यक्ती वा समुदायलाई  पालिकाकामा राहतका लागि निवेदन दिन  पालिकाले सूचित गरेको छ। पालिकाले जिल्ला प्रशासन कार्यालय , भीरकोट नगरपालिकाको कार्यालय र अर्जुनचौपारी प्रहरी चौकीलाई समेत माछा मार्न निषेध गरिएको विषयमा जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेको छ। पालिकाको आग्रह र निर्देशन विपरीत माछा मारेको भेटिएमा वा खबर पाईएमा कानून बमोजिम कारवाही गरिने प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here