वर्ल्डलिङ्कको फेस्टिभ अफर,  ग्राहकलाई १५ हजारसम्म छुट  

असोज २०, २०८०


२० असोज २०८०

इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले दशैं, तिहार र छठ पर्वका अवसरमा ग्राहकहरूका निम्ति फेस्टिभ अफर सार्वजनिक गरेको छ l  जस अन्तर्गत वर्ल्डलिङ्कका ग्राहकहरूले  सामसङका ब्राण्डका सामानहरूको खरिदमा १५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । वर्ल्डलिङ्कका नयाँ तथा पुराना ग्राहकले दुवैले छुट पाउने वर्ल्डलिङ्कले जनाएको  छ l

वर्ल्डलिङ्कका  अनुसार सामसङको २३० लिटरको रेफ्रिजेरेटर, ५५ र ४४ इन्चको फोरके अल्ट्रा एचडी टेलिभिजन, फ्रन्ट लोडिङ वासिङ मेसिन र सामसङ ए२४ एलटीई स्मार्टफोन (८/१२८ जीबी) मा चार हजारदेखि साढे १५ हजार रुपैयाँसम्म छुट पाइने छ । आगामी पुस १० गतेसम्म सञ्चालन हुने अफरमा कम्तीमा तीन महिना वा एक वर्षको इन्टरनेट शुल्क भुक्तानी गरेका ग्राहक योग्य हुनेछन् ।सामसङ उत्पादनमा छुट पाउन सबैभन्दा पहिले इन्टरनेटका ग्राहकले नजिकैको  वर्ल्डलिङ्कको  शाखाबाट कुपन संकलन गर्नुपर्ने बताइएको छ । ​थप जानकारीको लागि नजिकको शाखा कार्यालयमा जान  वा  यो लिंक  मार्फत वर्ल्डलिङ्कको वेवसाइटमा  हेर्न सकिने कम्पनीले जनाएको छ  l

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी