फेदीखोलामा पढाइ सकिएपछि जागिर


स्याङ्जाको फेदीखोला गाउँपालिकाले पढाइ सकिएपछि जागिरको अवसर प्रदान गरेको छ ।
फेदीखोला -२ अन्तर्गतको सिद्धार्थ माध्यामिक विद्यालयबाट २०८० मा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीहरु मध्येबाट पेडअप इन्टर्नसीपमा छनौट गरी पढाइ सकिएपछी जागिरको अवसर प्रदान गरिएको गाउँपालिका प्रमुख घनश्याम सुवेदीले जानकारी दिनुभयो।

एक कार्यक्रमका बीचमा पेडअप इन्टर्नसीपमा छनौट भई कार्यालयमा इन्टर्न गर्न आएका विद्यार्थीलाई उत्कृष्ट कार्यसम्पादनको अपेक्षासहित पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहितले सुभकामना, बधाई दिँदै स्वागत गर्नुभएको थियो ।
सोही कार्यक्रममा कार्यालयमा इन्टर्नसीप गर्न आएका मध्ये एक अमृता गुरुङले पालिकाले आफूहरुलाई यस्तो अवसर प्रदान गरेकोमा पालिकाप्रती आभारी रहेको बताउनुभयो ।
“अहिलेको जेनेरेशन भनेको सूचना प्रविधिको रहेको र आफूहरु यहि क्षेत्रमा लागिपरेको बेलामा आवश्यकताअनुसार पालिकाले अवसर दिरहँदा आफूहरुले पाएको जिम्मेवारी पूरा गर्न लागिपर्ने बताउनुभयो।कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट पालिकाले आफूहरुलाई स्वागत गरेकोमा गुरुङले धन्यवाद दिँदै खुशी व्यक्त गर्नुभएको थियो ।