फरार प्रतिवादीहरू पक्राउ

असोज २७, २०७९


स्मार्ट अखबार संवाददाता
२७ असोज २०७९

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फैसला कार्यान्वयन अन्तर्गत विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई फरार रहेका ४ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ । गाई मारेको, लागू औषध मुद्दा र ठगी मुद्दाका प्रतिवादीहरुलाई पक्राउ गरी कैद जरिवाना र असुल उपरको लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो।

गाई मारेको मुद्दामा एक वर्ष पाँच महिना पन्ध दिन कैद तोकिई फरार रहेका गल्याङ न.पा. वडा नं. ८ बस्ने २७ वर्षीय डोलुराम सार्की, लागु औषध मुद्दामा चार महिना, बाह्र दिन कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिई फरार रहेका वालिङ न.पा. वडा नं. ९ बस्ने २६ वर्षीय प्रविन वि.क., गाई मारेको मुद्दामा एक वर्ष चार महिना तेईस दिन कैद तोकिई फरार रहेका वालिङ नगरपालिका वडा नं १३ बस्ने ३४ वर्षीय राम बहादुर सार्की, ठगी मुद्दामा २ वर्ष कैद र ३ लाख ५७ हजार ८ सय रुपैयाँ जरिवाना तोकिई फरार रहेका वालिङ न.पा. वडा नं. ०५ बस्ने ४५ वर्षीय कुस बहादुर सेनलाई पक्राउ गरी फेसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो।

बिज्ञापन
विज्ञापन