वातावरण सन्तुलनका लागि छाडियो तीन लाख भन्दा बढी माछाको भुरा
स्याङजामा खोला तथा नदीहरुमा प्राकृतिक रुपमा रहदै आएका माछाहरुको सन्तुलन कायम राख्नका लागि कालीगण्डकी नदीमा माछाका भुुरा छोडिएको छ ।
माछा मारेर आफ्नो जिविकोपार्जन गर्दै आइरहेका बोटे समुुदाय र प्राकृतिक वातावरणलाई सन्तुलन कायम राख्ने उद्देश्य अनुुरुप कालीगण्डकी ए जलविद्युत केन्द्र, मत्स्य ह्याचरी सेवाले ड्यामसाईड आँधीमुहानमा माछाका भुुरा छोडेको हो ।
प्राधिकरणले स्थापना कालदेखि मत्स्य ह्याचरी निमार्ण गरी माछाका भुुराहरु उत्पादन पश्चात हरेक वर्ष कालीगण्डी नदिका विभिन्न स्थानमा भुुरा छोड्ने गरिएको छ।
यसवर्ष ३ लाख ३५ हजार ५ सय शहर, ठाडे, गर्दी र ठेड गरी चार प्रकारका माछाका भुरा छोडिएको हो । विगतका वर्षहरुमा १५ देखि २० लाख माछाका भुुरा उत्पादन गरी कालीगण्डकी तथा अन्य खोला नदीहरुमा पठाउदै आएको थियो। प्राधिकरणले यसबर्ष करिब ३० लाख माछाका भुुरा उत्पादन हुने लक्ष्य राखिएको कालीगण्डकी जलविद्युत केन्द्रका प्रमुख बाबुराजा महर्जनले जानकारी दिनुभयो ।
ड्याम निर्माण हुँदा माछा माथि देखि तल तथा तलवाट माथि जानेक्रम रोकिने हुदा माछा हराउदै जाने समस्या वृद्धि भएको तथा माछाकै भरमा आफ्नो जिविका चलाईरहेका वोटे समुुदायलाई मध्यनजर गर्दै प्राकृतिक रुपमा रहेका माछाहरु कम हुनबाट जोगाउने उद्देश्यले वार्षिक रुपमै नदिमा माछाको भुरा छोड्ने गरिएको प्रधिकरणले जनाएको छ ।