शसस्त्र प्रहरीले माग्यो आवेदन , १ हजारलाई रोजगारीको अवसर
पुष १९, २०८१ स्मार्ट संवाददाता
सशस्त्र प्रहरीले प्रहरी निरीक्षक देखि चर्मकर्मी माग गर्दै आवदेन मागेको छ। विभिन्न पदमा एक हजार भन्दा धेरै जनाका लागि आवेदन माग गरिएको हो।
सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ ।
यसैगरी भान्छे २० जना, कूचिकार १९ जना, सूचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागि पनि सशस्त्र प्रहरीमा जागिरको अवसर छ ।दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ ।