समाचार प्रभाव: सार्वजनिक क्षेत्रमा राखिएका प्रचार सामाग्री २४ घण्टाभित्र हटाउन निर्देशन

बैशाख १८, २०७९


१८ वैशाख २०७९, स्याङ्जा



भीरकोटको निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन अचारसहिंता विपरीत सार्वजनिक क्षेत्रमा राखिएका सम्पूर्ण प्रचारप्रसार सामाग्री २४ घण्टाभित्र हटाउन भीरकोटका सम्पूर्ण राजनीतिक दललाई निर्देशन दिएको छ।भोलि सोमबार दिउँसो १२ बजेसम्म आचारसंहिता विपरीतका सम्पूर्ण निर्वाचन सामाग्री हटाउन निर्वाचन अधिकृतको कार्यालयले निर्देशन दिएको हो। खबर कलम डट कम र स्मार्ट अखबार डट कममा बारम्बार आचारसंहिता उल्लंघन भएको समाचार प्रकाशन भएपछि निर्वाचन अधिकृत ऋषिराम आचार्यले सर्वपक्षीय बैठक राखी भीरकोटका राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिनुभएको हो। सर्वपक्षीय बैठकमा भीरकोटमा क्रियाशील पार्टीका प्रतिनिधि, सुरक्षाकर्मी र पत्रकारहरूको सहभागिता रहेको थियो।सहभागी सरोकारवाला राजनीतिक दलका प्रतिनिधिले निर्वाचन आचारसंहिता २०७८ को पूर्णरूपमा पालना गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष ,पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छ्न्। निर्देशन लगत्तै नेपाली काँग्रेसले आजैदेखी आचारसंहिता विपरीतका प्रचार सामाग्री हटाउन थालेको छ।



भीरकोट नगरपालिकाको केन्द्र बयरघारी बजारमा विशेषतः नेपाली काङ्ग्रेसले आचारसहिंता विपरीत बिजुलीका पोलपोलमा झण्डा , व्यानर लगायतका प्रचारप्रसार सामाग्री राखेको थियो।यसैगरी मुख्य प्रतिस्पर्धामा रहेका नेकपा एमाले र नेपाली काँगेस पार्टीले आचारसंहिता विपरीत लाउडस्पिकर बजाएर चुनावी गित बजाउँदै गाउँ नगर परिक्रमा गरिरहेका छ्न्।आजको निर्देशन र प्रतिबद्धताको कार्यान्वयन पक्ष कत्तिको सबल रहन्छ त्यो भने हेर्न बाँकी नै छ।(यो पनि पढ्नुहोस् https://smartakhabar.com/violation-of-ele…-code-of-conduct/र https://smartakhabar.com/violation-election-code-of-conduct/)