स्याङ्जा क्षेत्र नं १ मा थापा विजयी

मङि्सर ०९, २०७९


स्मार्ट  संवाददाता , ९ मंसिर २०७९

बिज्ञापन
विज्ञापन

स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार राजु थापा विजयी भएका छ्न् । आफ्ना निकटम प्रतिस्पर्धी निवर्तमान् सांसद एवं नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद मरासिनीलाई ३२५५ मतान्तरले पराजित गर्नु भएको हो ।काँग्रेसका उम्मेदवार थापाले ३१ हजार ९ सय ९९ मत ल्याएका छ्न् भने मरासिनीले २८ हजार ७ सय ४४ मत ल्याएका छ्न्।

विजेता उम्मेदवार थापा नेपाली काँग्रेसका जिल्ला सभापति हुन्।उनी संविधान सभा सदस्य समेत हुन्। २०७४ को निर्वाचनमा पराजित भएका थापाले यसपालि भने राम्रो मतान्तरले निवर्तमान सांसदलाई पराजित गर्दै विगतको हारको बदला लिएका छ्न्।

यसैगरी स्याङ्जा क्षेत्र नं १ क र ख दुबैमा मा एमालेका उम्मेदवारहरू विजयी भएका छ्न्। एमाले उम्मेदवार सुन्दासले निकटतम प्रतिद्वन्दी सत्ता गठबन्धनका अमृता थापालाई१ हजार ४ सय २४ मतले पराजित गरेकि हुन्।सुन्दासले १४ हजार ६ सय ९० मत प्राप्त गर्दा थापाले १३ हजार २ सय ६६ मत प्राप्त गरेकी थिइन्।

स्याङ्जा क्षेत्र नं १ ख मा एमालेका उम्मेदवार सुधिर कुमार पौडेल विजयी भएका छ्न्। ६ मतको झिनो अन्तरले पौडेल विजयी भएका हुन्। पौडेल १७ हजार ४ सय ४१ मत प्राप्त गरेका छ्न् भने उनका प्रतिद्वन्दी बुद्धि बहादुर राना (कुमार) ले १७ हजार ४ सय ३५ मत प्राप्त गरेका छन्।



स्याङ्जा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधराज रेग्मीले ६ हजार ६५ मतमै चित्त बुझाउन बाध्य भए। यद्यपि उनले स्थापित पूराना पार्टीलाई पछाडि पार्दै तेस्रो स्थान हासिल गरेका छ्न्।

स्याङ्जा क्षेत्र नं १ को नतिजा सार्वजनिक भएपनि स्याङ्जा २ मा भने गणना हुन सकेको छैन्। चापाकोटका ४ वटा मतदान स्थलमा बुथ कब्जा भएको विषयमा काँग्रेस र एमालेबिच असमझदारी बढेपछि मतगणना हुन नसकेको हो। काँग्रेसले बुथ कब्जा गरेका ठाउँमा मृतक र विदेशमा गएकाका नाममा समेत मतदान भएको एमालेको आरोप छ। कब्जा भएका केन्द्रमा ९० देखि ९८ प्रतिशतसम्म मतदान भएको छ। स्याङ्जा क्षेत्र नं २ मा एमालेका सचिव पदमा कुमारी अर्याल र काँग्रेसका उपसभापति धनराज गुरुङबिच मुख्य प्रतिस्पर्धामा छ्न्।