मिर्मी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्विरोध निर्वाचित


स्याङ्जाको कालीगण्डकी गाउँपालिका – ७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अनेरास्ववियुको प्यानल नै निर्विरोध निर्वाचित भएको हो ।निर्वाचनमा नेविसंघ, अनेरास्ववियु(क्रान्तिकारी) ले कुनैपनि पदमा उम्मेदवारी दर्ता नगरेसँगै अनेरास्ववियुको प्यानल नै निर्विरोध निर्वाचित भएको हो ।
मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनमा मुना न्यौपाने नेतृत्वको प्यानल नै निर्विरोध निर्वाचित हुनुभएको छ। न्यौपाने दोस्रोपटक क्याम्पसको स्ववियु सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित समितिको सचिवमा कशिस बस्याल, कोषाध्यक्षमा किशोर बस्याल रहेका छन् भने सदस्यमा दिपीका पाण्डे, गुनकेशरी न्यौपाने, शिवानी थापा हुनुहुन्छ ।यसैगरी, समानुपातिकतर्फ रुपा भट्टराई, कविता भट्टराई, रुकमाँया सुनार, अभिषेक पाण्डे, सरु न्यौपाने हुनुहुन्छ ।समितिको उपाध्यक्ष र सह – सचिव समानुपातिकबाट बनाइने नवनिर्वाचित सभापति न्यौपानेले जानकारी दिनुभयो ।