नेपाल राष्ट्रिय शिक्षक संगठन आँधिखोलाको अध्यक्षमा ढकाल


नेपाल राष्ट्रिय शिक्षक संगठन आँधिखोलाको गाउँपालिका कमिटीको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट डोलराज ढकालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। उपाध्यक्षमा चन्दकान्त पौडेल र माया शर्मा, सचिवमा पुर्खराज पौडेल, कोषाध्यक्षमा सोनी सुवेदी चयन हुनुभएको छ। सदस्यहरूमा जीवन लामिछाने, प्रकाश सापकोटा, गणेश पोखरेल, विष्णु प्रसाद पौडेल, गीता पोखरेल, अनिता बस्नेत, रामकृष्ण लामिछाने, र मदन प्रसाद कोहा चयन हुनुभएको छ।
शिक्षकरूलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य सुधिरकुमार पौडेलले शिक्षकहरूले निष्ठापूर्वक आफ्नो पेशागत जिम्मेवारी पूरा गरि पालिकाको शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले सेवामा रहुन्जेल पेशागत जिम्मेवारीलाई पहिलो प्राथमिकता दिन आग्रह गर्नुभयो।

गाउँपालिका अध्यक्ष विश्व पौडेलले शिक्षकहरूलाई पेशागत हकहित र शैक्षिक गुणस्तर दुबैलाई महत्त्व दिन आग्रह गर्नुभयो। पालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकको सबैभन्दा बढी भूमिका रहने भएकाले उहाँले शिक्षकहरूलाई जिम्मेवार भएर विद्यालय र विद्यार्थीको हितमा काम गर्न अनुरोध गर्नुभएको थियो
नवनिर्वाचित अध्यक्ष ढकालले संगठनले शिक्षकहरूको हकहित र शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।