भाग्योदयमा पूर्व विद्यार्थी भेला सम्पन्न, अध्यक्षमा खनाल


भीरकोट नगरपालिकाको भाग्योदय माध्यमिक विद्यालयमा पूर्व विद्यार्थीहरूको भेला सम्पन्न भएको छ। विद्यालयको शैक्षिक र भौतिक उन्नयनको लागि आयोजित पूर्व भेलाले विद्यालयलाई गुणस्तरीय र नमुना बनाउन ठोस कदम चाल्ने निष्कर्ष निकालेको छ।
विद्यालय व्यवस्थापन समितिका सदस्य विश्वनाथ अर्यालको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालको प्रमुख आतिथ्यतामा भएको भेलामा करिब ६५ जना सरोकारवालाहरूको उपस्थिति रहेको थियोे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खनालले गुणस्तरीय शिक्षा, व्यवस्थापन, र सम्भावनाको विषयमा जोड दिँदै विद्यालयलाई सुदृढ बनाउन ज्ञान, सीप, र अनुभवलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

भेलाले सर्वसम्मत रूपमा तदर्थ समिति गठन गरेको छ। तदर्थ समितिको अध्यक्षमा ढाकाराम खनाल चयन हुनुभएको छ। अन्य पदाधिकारीहरूमा उपाध्यक्ष उज्ज्वल रेग्मी, सचिव बिदुर कोइराला, सहसचिव जगदिश अर्याल, र कोषाध्यक्ष भोजबहादुर थापा चयन हुनु भएको छ। सदस्यहरूमा नारायण प्रसाद कोइराला, विनोद अधिकारी, कौशिला रोकाहा, रिबन घिमिरे, सरोज अधिकारी, सरला बि.क., उमेश अर्याल, र सुवास रेग्मी चयन हुनुभएको छ। समितिमा २ जना सदस्य पछि थप गरिने निर्णय गरिएको छ।भेलाले तीन महिनाभित्र विधान तयार गरी नयाँ समिति गठन गर्ने योजना सार्वजनिक गरेको छ।
समाजमा देखिएको मुख्य समस्या गाउँमै गुणस्तरीय शिक्षाको वातावरण नहुनु, भरपर्दो स्वास्थ्य संस्था नहुनु, र श्रमको उचित मूल्य नपाइनु रहेको सहभागीहरूले बताएका छन्। यस समस्याको समाधानका लागि गाउँमै प्रयास थाल्नुपर्नेमा भेलाका वक्ताहरूले जोड दिएका थिए। भेलाले भविष्यमा विद्यालयलाई नमुना बनाउन सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।