पञ्चकन्या मा.वि. मा बढ्यो अराजकता, गाउँपालिकाको शैक्षिक सुधार योजनामा धक्का
अर्जुन चौपारी गाउँपालिका सदरमुकाम वडा नं १ मा रहेको एक मात्र सामुदायीक माध्यमिक विद्यालय पञ्चकन्या माबि हो । ५० बर्ष पहिला स्थापना भएको माविलाई नमुना मावि बनाउन पछिल्लो एक वर्षबाट गाउँपालिका अग्रसर रहेको थियो । पछिल्लो क्रममा विद्यालयमा देखिएको विवाद र अराजकताले विद्यालयमा अध्यनरत विद्यार्थीको पढाइमा समेत प्रत्यक्ष असर परिरहेको छ।
एसईईमा ५० प्रतिशत भन्दा कम नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापकको जिम्मेवारी परिवर्तन र नयाँ प्रअलाई मौका दिने योजना पालिकाको थियो ।
विद्यालयको व्यवस्थापन समितिले प्रधानाध्यापकको जिम्मेवारी परिवर्तन गरेको निर्णयलाई विद्यालयका प्रधानाध्यापक विष्णु तिवारीले अवज्ञा गरेपछि गाउँपालिकाको शिक्षा ऐन २०७४ अनुसार जनमावि सरुवा गरिएको थियो ।
गाउँपालिकाको शिक्षा ऐन र योजना अनुसार विद्यालय व्यवस्थापन समितिको सिफारिसमा पञ्चकन्या माविका प्रधानाध्यापक विष्णु तिवारीलाई गत असार २ गते जनमावि सरुवा गरिएको थियो ।
आफ्नो सरुवासगै उक्त निर्णयलाई रोक्न माग गर्दै उच्च अदालत पोखरा पुग्नु भएका तिवारीलाई गाउँपालिकाको शिक्षा ऐन २०७४ को दफा ३० को दफा ३८ को सुबिधा सन्तुलनको अधारमा साउन ९ गते अल्पकालिन अन्तरिम आदेश र साउन १८ गते निरन्तरता दिएको थियो ।
उच्च अदालतको अल्पकालिन आदेशलाई पुर्ण फैसला मान्दै सामाजिक सञ्जाल फेसबुकमा हाल्दै तिवारीले क्षिक्षक माथिको दमनको रोक भन्नु भएको छ । उहाँले गाउँपालिकाले दरबन्दी मिलान गरि पञ्चकन्या मा.वि. मा सरुवा गरिएकी शिक्षक शारदा गैह्रेलाई हालसम्म विद्यालयमा हाजिर हुन दिनुभएको छैन। तिवारीले गाउँपालिकाले दिएका निर्देशन र सूचनाको समेत अवज्ञा गरेर पालिकाको शैक्षिक अवस्था समेत धमिल्याउन खोजेको पालिका स्रोतले बतायो । परीक्षामा प्रश्नपत्र आउट गर्ने, पालिकाको शैक्षिक कार्यपात्रो अनुसार शैक्षिक गतिविधि नगरेको र शिक्षक संघको उक्साहटमा लागेर विद्यार्थीको भविष्य अन्योलमा पार्न खोजेको आरोप उहाँमाथी छ।
यस्तै यहि साउन १८ गते पालिकाले निकालेको प्रधानाध्यापकको पदावधी सम्बन्धमा सुचनालाई पालिकाको पराजित मानसिकता र कहि नभएको जात्रा हाडी गाउँमा भन्नु भएको छ ।
फेसबुकमा प्रधानाध्यापक तिवारीले लेख्ने शब्दले अब पञ्चकन्या माविमा अराजकता बढेको र विद्यार्थीको भबिष्य कता जाने सोच्नु पर्ने अवस्था आएको छ ।
व्यवस्थापन समिति र तपाईको चपेटामा विद्यार्थी पर्ने भएनि भनेर प्रश्न गर्दा तिवारीले भन्नुभयो निर्णय आएको छ अब सोचेर काम अगाडि बढाइन्छ ।
भर्खर निजी बिद्यालयबाट सामुदायिक बिद्यालय बिद्यार्थी लग्नु भएका अभिभावक अर्जुन काफ्लेले राम्रो सोचेर छोरा छोरी विद्यालय लगेको अब फेरी निजीमै ल्याउनु पर्ने अवस्था देखिएको बताउनुभयो । शिक्षकले गृहकार्य पनि नहेर्ने र नजानेको सिकाई दिनुपर्यो भन्दा मतलब नगरेको अभिवावकले बताउनुभयो ।
यदी नपढाउने शिक्षकलाई कारबाही नहुने हो भने उज्वल भविष्यको लागि विद्यालयका पुगेका विद्यार्थीको भविष्य कहाँ पुग्ने हो सोच्नु पर्ने देखिएको अभिभावकको भनाई थियो ।
प्रधानाध्यापक तिवारीको सामाजिक सञ्जालमा हालेको स्टाटसले अब नपढाउने र तलब खाने शिक्षकलाई राहत मिल्ने होकी भन्ने देखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फणी नारायण अर्यालले बताउनुभयो ।
प्रअ तिवारीले निजी विद्यालयका सञ्चालक समेत हुनुहुन्छ। उहाँकै अर्कमन्यतामा विद्यालय सुधार योजना बन्धक बनेको बताउदै अध्यक्ष अर्यालले एक शिक्षकको कारण विद्यार्थीको भविष्य अन्यौलमा परेको बताउनुभयो ।
कृषि प्राबिधिक शिक्षा सहित पठन पाठन हुने पञ्चकन्या माविमा कक्षा ११ बाहेक शिशु देखि १२ सम्म ४८४ बिद्यार्थी अध्यनरत रहेका छन् ।
पालिकामा पछिल्लो बर्ष शैक्षिक गुणस्तरमा सुधार हुँदै गएको छ भने गुणस्तरिय शिक्षाको लागि पालिकाले गरेको निर्णयको स्वागत गर्दै प्रधानाध्यापकको जिम्मेवारी परिवर्तन हुने र सरुवा गरेको विद्यालयमा शिक्षक समेत जानु भएको छ ।उहाँ बाहेकका सबै प्रधानाध्यापकहरूले पालिकाले शैक्षिक सुधारका लागि चालेका सबै निर्णय र निदेशनमा साथ दिएको पालिकाको शिक्षा शाखाले जनाएको छ।