ढापुक सिकाइ केन्द्रद्वारा स्टेसनरी वितरण

जेठ ३१, २०८१     रिवन घिमिरे


भीरकोट नगरपालिका वडा नं ८ मा रहेको ढापुक सामुदायिक सिकाइ केन्द्रले विद्यार्थीहरूलाई स्टेसनरी सामाग्री वितरण गरेको छ।सिकाइ केन्द्रले आफ्नो प्रभाव क्षेत्रमा रहेका १४ वटा सामुदायिक विद्यालयका १ सय ३५ जना विद्यार्थीलाई स्टेसनरी सामाग्री वितरण गरेको हो।

सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीहरूलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले स्टेसनरी सामाग्री वितरण गरिएको सिकाइ केन्द्रका अध्यक्ष बिमल खत्रीले जानकारी दिए। नगरपालिकाको ८ र ९ नं वडामा रहेका पब्लिक एकेडेमी मा.वि, पिपलडाँडा मा.वि.,सिरूखर्क मा.वि., ठूलीभञ्जाङ मा.वि. , अमर आधारभूत विद्यालय लगायतका १४ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कापी, कलम ,डटपेन वितरण गरिएको हो।