भीरकोटमा कृषकलाई गड्यौले मल सम्बन्धी तालिम
स्मार्ट अखबार संवाददाता
१८ भाद्र २०७९
स्याङ्जाको भीरकोट नगरपालिकामा कृषकहरूलाई गड्यौला निर्माण र उपयोग सम्बन्धि तालिम दिइएको छ। युएनडिपि र भीरकोट नगरपालिकाको सहकार्यमा संचालित हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत कृषकलाई गड्यौले मल सम्बन्धी तालिम दिइएको हो। परियोजनाको व्यवस्थापकिय कार्य अन्धाअन्धी सामुदायिक विकास केन्द्र स्याङ्जाले गर्दै आएको छ।
वडा नं ३, ५ र ८ का ३० जना कृषकहरूको सहभागिता रहेको तालिम २ दिन सम्म संचालन हुने जनाइएको छ।
कृषकहरूलाई १०-१० जनाको समूहमा विभाज गरी दिइने तालिम वडा नं ५ को तोरीडाँडाबाट सुरु गरिएको छ ।
Zoom meeting को माध्यमबाट बोल्दै गण्डकी र लुम्बिनी प्रदेश UNDP कार्यालय प्रमुख सुदिप अर्यालले वातावरणलाई रासायनिक मलको अत्याधिक प्रयोगले रोगी बनाउँदै लगेकोमा यो गड्यौले मल उत्पादनले माटोको उर्वरा शक्ति बढाउदै, वातावरणलाई निरोगी बनाउने बताउनुभयो। तालिमले कृषकहरूलाई जैविक खेती तर्फ अग्रसर गराउँदै दिगो विकास लक्ष्य अनुरूप वातावरण संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। तालिममा सहभागीहरूलाई प्रशिक्षक नरेन्द्र कुवंँरले प्रशिक्षण दिनुहुने छ।