चापाकोटका डिएसपी शाह अवैध फर्निचर सहित प्रहरी नियन्त्रणमा

कार्तिक ०१, २०७९


स्मार्ट अखबार संवाददाता
स्याङ्जा 

स्याङ्जा जिल्लाको चापाकोट प्रहरी चौकीका डिएसपी खर्गनारायण शाहलाई अवैध फर्निचरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलवार सार्वजनिक विदाको दिन बिहानै चापाकोटबाट काठमाडौं जाँदै गर्दा भीरकोटस्थित दहथुम प्रहरी चौकीले नियन्त्रणमा लिएको हो ।

शाहलाई कालीगण्डकी इन्टरप्राइजेजको नाममा रहेको  ग ३ च ५५३५ नं को निजी सवारी साधनमा २ वटा टि टेबल, २ वटा पलङ्ग, ४ वटा कुर्ची र १ वटा हाते ट्याक्टर सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

हाम्रा स्थानीय संवाददाताले उनलाई अवैध फर्निचरका सामान कहाँ लैजान खोज्नुभएको हो ? भनेर सोधेको प्रश्नमा उनले भने, ‘फर्निचर लिएर हिँड्न पनि नपाउने, मैले आफ्नै काठ किनेर बनाएको हो ।’



शाहलाई समातिएको इलाका प्रहरी कार्यालय वालिङले पनि पुष्टि गर्यो ।  ‘आज बिहान फर्निचर लिएर जाँदै गर्दा दहथुम प्रहरी चौकीले समातेको रहेछ । हामीले अनुसन्धान गर्दैछौं, के रहेछ भनेर,’ त्यहाँका एक प्रहरी अधिकारीले हामीलाई भने ।

बिज्ञापन

दहथुमस्थित प्रहरी चौकीमा अहिले सहायक वन अधिकृत सरोज जम्मरकट्टेलले डीएसपी शाहलाई सोधपुछ गरेका छन् ।

शाहले जम्मरकट्टेललाई फर्निचर लगायतका अन्य सामानको बिल देखाउन अस्वीकार गरेका छन् । घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय स्याङ्जा पठाइसकिएको छ ।

विज्ञापन