नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ
स्याङ्जाको वालिङमा नियन्त्रित लागू औषध सहित २ जना पक्राउ परेका छन् । वालिङ नगरपालिकाको वडा नं १० फूलबारीस्थित सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषध ३८ एम्पुल नोर्फिम, २२ एम्पुल फेनारगन र ३५ एम्पुल डाईजेपाम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं २० बस्ने ३७ वर्षीय सन्तोष बहादुर नेपाली र सोही महानगरपालिका वडा नं १६ बस्ने ३४ वर्षीय कमल भण्डारी रहेका छन् ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले सुनौलीबाट पोखरातर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख. ३७४२ नम्बरको हाईस जाँच गर्ने क्रममा हाईसमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूलाई वडा प्रहरी कार्यालय वालिङमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए।