विद्युत सर्ट हुँदा आगोलागी

फागुन १८, २०८१     स्मार्ट संवाददाता


फाइल फोटो

स्याङ्जा पुतलीबजारको वडा नम्बर ११ बगालथोकमा विद्युत सट भई आगोलागी भएको छ। विद्युत सट भई मात्रिकाराज अर्यालको टिनले छाएको दुई तले घरमा आगोलागी भई सामग्री जली नस्ट भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  हरी प्रसाद पौडेलले जानकारी दिनुभयो।

आगलागी आईतबार करिब चार बजे भएको  आगलागी परी कोठामा रहेको वासिङ मेसिन, काठको दराज, खाट, कपडा जली नष्ट भएको छ।   आगो नियन्त्रणमा आइसकेको र आगोलागीबाट  कुनै पनि मानविय क्षति नभएकाे प्रहरीले जानकारी दिएको  छ।